नयाँदिल्ली–कृषि कानुनको विरोधमा आन्दोलनरत भारतका किसान संगठनरुले आज ‘भारत बन्द’ आव्हान गरेका छन्। बन्दलाई कांग्रेसलगायतका विपक्षी राजनीति दलहरुले पनि समर्थन गरेका छन्।
भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले बन्द बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म जारी रहने जनाएका छन्। बन्द भारतका सबै क्षेत्रमा सफल हुने दाबी युनियनले गरेको छ। बन्दमा दूध तथा तरकारीको आपूर्ति बन्द राख्न आव्हान गरिएको छ। यद्यपि अस्पताल, एम्बुलेन्स, विवाहका गाडी आवागमन नरोकिने जनाइएको छ।
बन्दलाई विपक्षी २४ राजनीतिक दलले समर्थन गरेका छन्। सरकार र किसान प्रतिनिधिबीच ५ चरणमा वार्ता भइसके पनि हालसम्म कुनै निकास निस्कन सकेको छैन। सरकारद्वारा ल्याइएको तीन वटै कृषि कानुन खारेज हुनुपर्ने आन्दोलनकारीको माग छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।