नयाँदिल्ली–भारतको सिरम इन्सिच्युट अफ इन्डिया (एसआइआइ) ले कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिसिल्ड’ आपतकालीन प्रयोगका लागि स्वीकृति मागेको छ। अक्सफोर्ड र एस्ट्रेजेनेकासँगको सहकार्यमा एसआइआइले उत्पादन गरिरहेको कोभिसिल्ड भ्याक्सिनको भारतमा क्लिनिकल ट्रायल चलिरहेको छ।
सिरमले ड्रग्स कन्ट्रोलर अफ इन्डियासँग कोभिसिल्डको आपतकालीन प्रयोगका लागि आवेदन दिएको हो। बेलायत र बहराइनमा प्रयोगका लागि स्वीकृति पाइसकेको फाइजरले पनि भारतमा आफ्नो भ्याक्सिनको प्रयोगका लागि निवेदन दिइसकेको छ।
कोभिसिल्ड भ्याक्सिन हाल क्लिनिकल ट्रायलको अन्तिम चरणमा रहेको छ। पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरिरहेको हो। पहिलो र दोस्रो परीक्षणको नतिजाका आधारमा कोभिसिल्डको आपतकालीन प्रयोगका लागि अनुमति मागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।