एजेन्सी–भारतमा नयाँ कृषि कानुनको विरोधमा ८ डिसेम्बरमा आयोजना गरिएको ‘भारत बन्द’ लाई भारतीय विपक्षी राजनीतिक दलहरुले समर्थन जनाएका छन्।
कांग्रेस अध्यक्ष सोनिया गान्धीसहितका ११ शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै किसानका माग पूरा गर्न केन्द्र सरकारसँग माग गरेका छन्। गान्धीसहित एनसिपी नेता शरद पवार, माक्र्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी, डिएमके प्रमुख एमके स्टालिन, समाजवादी पार्टीका प्रमुख अखिलेश यादवलगायतका नेताहरुले किसानको भारत बन्दको समर्थन गरेका हुन्। बन्दलाई शिव सेनाले पनि समर्थन गरेको छ।
यता सरकारले भारत बन्द आयोजना गरिएकै दिन किसानसँग वार्ताको तयारी गरेको छ भने आगामी रणनीति तय गर्न किसान संगठनले आइतबार नै बैठक गरेका छन्। उनीहरुले तीन वटै कानुन फिर्ता नभएसम्म आन्दोलन जारी रहने अडान दोहो¥याएका छन्।
बन्द आयोजकहरुले ८ डिसेम्बरका दिन दिउँसो ३ बजेसम्म चक्काजाम हुने र एम्बुलेन्स तथा विवाहका गाडीलाई भने छुट दिने बताएका छन्। शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।