• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतमा किन गम्भीर मोडमा पुग्यो किसान आन्दोलन?

अप्ठ्याराेमा मोदी सरकार
64x64
नेपाल लाइभ सोमबार, मंसिर २२, २०७७  १३:२७
1140x725

नयाँदिल्ली–भारतमा किसान आन्दोलनमा एकपछि अर्को समर्थन बढिरहेको छ। ‘चलो दिल्ली’ नाम दिएर ११ दिनअघि सुरु भएको यो आन्दोलन अब अन्तर्राष्ट्रियकरण भएको छ। किसानहरू दिल्लीका सिन्धु, जिक्री, गाजियावाद, निरंनकारी बोर्डर र टिकरी बोर्डरमा बसेर आन्दोलन गरिरहेका छन्।

आन्दोलनकारी किसानसँग सरकारले पाँच पटक वार्ता गरिसकेको छ। तर वार्ता भने सफल हुन सकेको छैन। वार्तामा किसानहरुको पहिलो शर्त नै ३ वटा कृषि विधेयक फिर्ता लिनुपर्ने भन्ने रहेको छ। केन्द्रीय कृषिमन्त्री नरेन्द्रसिंह तोमरले वार्ताको नेतृत्व गरे पनि कृषि कानुन फिर्ता लिने प्रतिबद्धता जनाउन नसकेपछि वार्ताबाट समाधान निस्कन सकेको छैन। 

भारतीय किसानहरुको आन्दोलनमा भारतबाहेक संयुक्त राष्ट्र संघ, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र बेलायती संसदले समेत आफ्नो भनाइ सार्वजनिक गरिसकेका छन्। किसान आन्दोलनलाई लिएर सत्तासमर्थिेत सञ्चार माध्यमको पत्रकारितामाथि पनि प्रश्न उठाइएको छ। किसानहरुको आन्दोलनलाई अवैध र राष्ट्रद्रोहीको रुपमा चित्रित गरिरहेका भाजपासमर्थक सञ्चार माध्यमहरुलाई एडिटर्स गिल्ड अफ इन्डियाले एक विज्ञप्ति जारी गर्दै पत्रकारिताका धर्ममा अडिग रहन आग्रह गरेको छ। 

किसानका माग धेरै छैनन्। उनीहरुले सरकारसँग कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने भएकाले न्यूनतम समर्थन मूल्यको कानुनी अधिकार बनाउनुपर्ने माग गरेका छन्। यदि यस्ता उत्पादनमा निर्देशित मूल्यभन्दा कममा कसैले खरिद गरेको पाइएमा कानुनी कारबाही हुनुपर्ने उनीहरुको माग छ। 

यस्तो माग राख्नुको अर्थ उत्पादनमा गरेको लगानीको सुनिश्चितता रहेको किसानहरुको दाबी छ। तर सरकारले भने किसानहरुलाई खुल्ला बजारमा आफूले चाहेको मूल्यमा बिक्री गर्न सक्ने कानुन बनाएको दाबी गरिरहेको छ। किसानहरू भने कृषिजन्य उत्पादन उचित मूल्यभन्दा कममा बेच्नुपर्ने खतरा देखेपछि आन्दोलनमा उत्रिएको दाबी गर्छन्। 

नरेन्द्र मोदी सरकारले ५ जुन २०२० मा एक अध्यादेशमार्फत् कृषि उपज व्यापार र वाणिज्य अध्यादेश जारी  गरेको थियो। यो सेप्टेम्बरमा संसदबाट पारित भएको थियो। यो कानुनमा राज्यभित्र र सरकारले तोकेका स्थानमा किसानहरुले बिक्री गर्नुपर्ने भनिएको छ। त्यस्तै अन्य राज्यमा पनि बिक्री गर्न सक्ने सरकारको दाबी छ। यसले होलसेलबाहेक अर्को एक संयन्त्र खडा गर्ने कल्पना गरेको पत्तो पाएपछि किसानहरु सरकारसँग झस्किएका हुन्। यसभित्र विभिन्न राज्यले आफूअनुकुल कानुन बनाउन सक्ने अधिकार राखिएको छ। 

मोदी सरकारकाद्वारा ल्याइएको दोस्रो कृषि कानुन हो–किसान मूल्य आश्वासन अनुबन्धन एवं कृषि सेवा विधेयक। बाली रोप्नुअघि यसमा किसान र क्रेतासँग एक सम्झौता गरिनेछ। किसानहरूले पहिले नै तोकिएको मूल्यमा उब्जनी बिक्री गर्नुपर्नेछ।

यसमा किसानलाई गुणस्तर, मूल्य, ग्रेड आदिको पालना गर्नुपर्ने बाध्यता रहेको छ। क्रेताले चाहेअनुसार गुणस्तरीय उत्पादन नभएमा वा ग्रेड नपुगेका उत्पादन भएमा अस्वीकार गर्ने वा खरिद नगर्ने अवस्थासमेत सिर्जना हुने देखिन्छ। पाँच वर्षसम्म यस्तो सम्झौता हुनेछ। केन्द्र सरकारले चाहेका अन्य निर्देशनहरु दिन सक्नेछ। यसले किसानहरुलाई बाँध्ने र काम गर्न नसक्ने उनीहरुको टिप्पणी छ। 
मोदी सरकारले ल्याएको तेस्रो कानुन हो आवश्यक वस्तु अधिनियम संशोधन। यो संशोधनले दाल, तेल, खाद्य, तेल ,प्याज र आलुजस्ता वस्तुहरुको  सूची हटाइएको प्रति किसानको आपत्ति छ। यसमा सरकारको नियन्त्रण हुने किसानहरुको तर्क छ।  सरकारले दावी गरेको छ कि यी तीन कानुनद्वारा किसानहरुका लागि विशाल बजार तयार हुने छ। उनीहरुले आफ्नो इच्छा अनुसार चाहेको बजारमा उत्पादन बिक्री गर्न पाउने छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विचौलियाले गर्दा किसानहरु घाटामा परेकाले यस्तो कानुन ल्याइएको दाबी सरकारको छ। यसैले सरकारको नियन्त्रणमा रहने गरि यस्तो कानुन ल्याएको दावी छ। तर किसानहरुले होलेसल बजारहरुमा समस्या भएको र त्यसलाई सुधार गर्नुपर्नेमा सरकार किसानसँग ठूलो समस्या बनाइरहेको बताएका छन्। यो नयाँ व्यवस्थाले किसान नभई बिक्रेतालाई मात्र फाइदा हुने किसानको दावी छ। होलसेल बाहिर कर छुट गरेर विक्री गर्दा किसानको मेहनतले खडा गरेका यी संयन्त्रहरु समाप्त हुने उनीहरुको बुझाइ छ। मन्डी भनेको खरिद गर्ने र विक्री गर्नेको केन्द्र भएकाले यसमा सुधार गनुपर्ने किसानको माग छ। यहाँ किसानले धेरै विकल्प पाउने र मूल्य पनि राम्रो पाउन सक्ने उनीहरुको दावी छ। 

संकटमा मोदी सरकार 
दिल्लीमा किसान धर्नाले प्रधानमन्त्री नरेन्द्र मोदी संकटमा परेका छन्। यस्तो संकट कुनै समय बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचर या  भारतका प्रधानमन्त्री मनमोहन सिंह परेका थिए। यसले अर्थराजनीति र चुनावी राजनीतिमा पनि असर गर्ने देखिन्छ। थ्याचरले आर्थिक प्रगतिका लागि कानुनहरु परिर्वतन गर्दा यस्तै संकट भोगेकी थिइन्। भारतका पूर्वप्रधानमन्त्री सिंहलाई पनि भ्रष्टाचार विरुद्धको अन्ना हजारे आन्दोलनले यस्तै संकटमा पारेको थियो। सिंह हजारेको अनसनका कारण संसदको विशेष अधिवेशन बोलाएर भ्रष्टाचारविरुद्ध कानुन बनाउन वाध्य भएका थिए। अन्नाले यसरी लोकपाल विधेयक पेश गराउन वाध्य पारेका थिए। अहिले किसानहरुले पनि मोदीलाई कानुन फिर्ता गराएर यही अवस्था सम्झना गराईरहेका छन्। 

कोरोना महामारी, बेरोजगारी र आर्थिक मन्दीका बीचमा किसानको आन्दोलनले मोदीलाई अप्ठेरोमा पार्दै लगेको छ। 

आन्दोलनमा बक्सरदेखि गायकसम्मको समर्थन
भारतमा चलिरहेको किसान आन्दोलनमा चौतर्फी सर्मथन जुटिरहेको छ। पञ्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझले एक करोड सहयोग गर्ने घोषणा गरेका छन् भने अर्का चर्चित बक्सर विजेन्द्र सिंहले पनि आन्दोलनमा सहभागी हुँदै खेलरत्न सरकारलाई फिर्ता दिने चेतावनी दिएका छन्। विजेन्द्रले किसानहरुको प्रदर्शनमा पुगेर समर्थन गर्दै यस्तो चेतावनी दिएका हुन्। ‘मैले पञ्जाबमा तालिम लिएको हुँ र त्यहाकै किसानले उब्जनी गरेको रोटी खाएको हुँ’ विजेन्द्रले भनेका छन्, ‘आज उनीहरु जब यो चिसोमा यहाँ आन्दोलनमा छन भने म उनीहरुको भाइको रुपमा समर्थनमा आएको छु।’  

Xtrem

Xtrem

उनले हरियाणाका अन्य एथेलेटिक्सहरु आउन चाहेको तर सरकारी जागीरका कारण नसकेको बताए। तर आफू सधैं किसानको पक्षमा रहेको उनले बताएका छन्।  सरकारसँग पाँचौ पटक भएको वार्तामा पनि सहमति हुन नसकेपछि किसानहरु भारत बन्दको कार्यक्रमतिर लागेका छन् । उनीहरु अहिले पनि दिल्लीको सडकमा विरोध प्रदर्शन गरिरहेका छन्।  राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन र जायज मागका कारण प्रधानमन्त्री मोदी अप्ठ्यारोमा परेको निश्चित छ।

यो आन्दोलन सुरु भएपछि गजनसिंह भगु र अर्का एक जना गरी दुई किसानले ज्यान गुमाएका छन्। आन्दोलन दमन र अन्य घटनामा परि केही किसान घाईते पनि भएका छन्। 

पटक–पटक वार्तामा बसेका किसानहरु आफ्नो मागमा टसको मस नभएकाले ८ डिसेम्बरमा हुने भारत बन्दका लागि प्रतिपक्ष कांग्रेसदेखि अन्य दलहरुले समेत सर्मथन बढाउँदै लगेकाले उनीहरु अप्ठेरोमा परेका छन्। अब किसानहरुको मागनुसार तत्काल कानुन फिर्ता लिने वा किसानहरुलाई आन्दोलन फिर्ता लिन सहमत गराउनुको एकमात्र विकल्प केन्द्र सरकारसँग रहेको छ।  

(द वायर, दि प्रिन्ट लगायतमा आधारित)
 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
एआइजी बंशीराज दाहाल बर्खास्त
सम्बन्धित सामग्री
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी समुद्री ट्र््याकरहरूले पनि शुक्रबार युएईको तटबाट टाढा एक जहाजमा अज्ञात क्षेपास्त्रले आक्रमण गरेको रिपोर्ट गरेका छन्, तर फरक जहाजको न... शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लाग... शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्