नयाँ दिल्ली- भारतमा चलिरहेको किसान आन्दोलनमा चौतर्फी समर्थन जुटिरहेको छ। पञ्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझले एक करोड सहयोग गर्ने घोषणा गरेका छन् भने अर्का चर्चित बक्सर विजेन्द्र सिंहले पनि आन्दोलनमा सहभागी हुँदै आफूलाई प्राप्त खेल रत्न सरकारलाई फिर्ता दिने चेतावनी दिएका छन्।
विजेन्द्रले किसानहरुको प्रर्दशनमा पुगेर समर्थन गर्दै यस्तो चेतावनी दिएका हुन्। ‘मैले पञ्जावमा तालिम लिएको हुँ र त्यहाँकै किसानले उब्जनी गरेको रोटी खाएको हुँ‚’ विजेन्द्रले भने‚ ‘आज उनीहरु जब यो ठन्डीमा यहाँ आन्दोलनमा छन् भने म उनीहरुको भाइको रुपमा समर्थनमा आएको छु।’
उनले हरियाणाका अन्य एथेलेटिक्सहरु आउन चाहेको तर उनीहरु सरकारी जागीरका कारण आउन नसकेको उनले बताए। तर आफू सधैं किसानको पक्षमा रहेको उनले बताएका छन्। सरकारसँग पाँचौं पटक भएको वार्तामा पनि सहमति हुन नसकेपछि किसानहरू भारत बन्दको कार्यक्रमतिर लागेका छन्। उनीहरु अहिले पनि दिल्लीको सडकमा विरोध प्रदर्शनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।