एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमालियाबाट अमेरिकी सेना फिर्ता हुन आदेश दिएका छन्। अमेरिकी रक्षा मन्त्रालयका अनुसार ट्रम्पले १५ जनवरीसम्ममा सेना फिर्ता हुन आदेश दिएका हुन्।
सोमालियामा अमेरिकाका करिब ७ सय सैनिक छन्। उनीहरु अल शबाब तथा इस्लामिक स्टेटविरुद्धको लडाइँमा स्थानीय सुरक्षाफौजलाई सहयोग गर्न तैनाथ भएका हुन्।
अमेरिकी अधिकारीका अनुसार सोमालियाबाट फिर्ता बोलाइएका सैनिकलाई सोमालियाको छिमेकी देश पठाइनेछ ।
हालै ट्रम्पले इराक र अफगानिस्तानबाट पनि सैनिक फिर्ता गर्न आदेश दिएका थिए। विदेशमा लामो समयदेखि अमेरिकी सेनाको तैनाथी खर्चिलो र अप्रभावी भएको भन्दै उनले आलोचना गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।