एजेन्सी–भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विज कोरोना संक्रमित भएका छन्। उनले ट्वीटरमार्फत् आफू संक्रमित भएको जानकारी दिएका हुन्।
उनले आफू अम्बाला केन्टको सिभिल अस्पतालमा भर्ना भएको जानकारी दिँदै आफूसँग सम्पर्कमा आएकाहरुले परीक्षण गर्न आग्रह गरेका छन्।
उनले गत २० नोभेम्बरमा अम्बालाको एक सरकारी अस्पतालमा कोरोना खोप लगाएर तेस्रो चरणको परीक्षण सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।