नयाँदिल्ली–भारतमा आन्दोलनरत किसानहरुले आफ्नो मागबाट पछि नहट्ने बताएका छन्। आज सरकारसँग तय गरिएको पाँचौं बैठकअघि किसानहरुले आफ्नो अडान जारी रहेको बताएका हुन्।
उनीहरुले सरकारले जारी गरेको तीन वटै कानुन रद्ध गर्नुपर्ने बताइरहेका छन्। कीर्ति किसान युनियनका राज्य उपाध्यक्ष राजिन्दर सिंहले तीनवटै कानुन पूर्ण रुपले रद्ध हुनुपर्ने आफूहरुको माग रहेको र यसभन्दा तल ओर्लिएर वार्ता नगर्ने बताए।
पञ्जाब र हरियाणा किसान युनियनहरुले सरकारी कानुनको विरोधमा गत २६ देखि २७ नोभेम्बरमा ‘दिल्ली चलो’ आन्दोलनको आव्हान गरेका थिए।
किसानहरुले आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यले ८ डिसेम्बरमा भारत बन्द आयोजना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।