काठमाडौं- पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन्। पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि नेपाल आयल निगमले एक सूचना प्रकाशन गर्दै पम्प भाडामा लगाउन नपाउने जनाएको हो।
'पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड)’ मा व्यवस्था भएअनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्ने प्रावधान रहेको छ।
उक्त प्रावधानअनुसार बिक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावली बमोजिम आफैँ सञ्चालन गर्न अनुरोध गरिएको छ। विनियमावली विपरीत कसैले पम्म भाडामा लगाएको पाइएमा कारवाही हुने निगमले सूचित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।