स्पेन– साउदी अरबको जेलमा रहेका गोर्खा भीमसेन गाउँपालिका ७ बोर्लाङ्गका कुमार राना मगरको जीवनरक्षा गर्न स्पेनमा रहेका नेपाली युवाहरुको समूहले आर्थिक सहयोग जुटाउन सुरु गरेका छन्।
रानाको जीवनरक्षाका लागि क्षतिपूर्तिस्वरुप बुझाउनुपर्ने ८३ लाख रुपैयाँका लागि स्पेनको सामाजिक समूह 'साथीसँग मनका कुरा'ले रकम संकलन थालेको हो। एउटा नेपालीको दु:खमा अर्को नेपालीले गच्छेअनुसार सहयोग गर्नुपर्ने भन्ने भावनाले सहयोग अभियान थालेको समूहले जनाएको छ।
बार्सिलोनाबासी नेपाली युवाहरूको यो समूहले बिरामी परेकी लोकगायिका जलजला परियार तथा अनाथ बालबालिकाको सहयोगार्थ नेपाली फिल्मको च्यारिटी शो आयोजना गरेर जुटेको पैसा हस्तान्तरण गरेका थिए।
फेसबुकमा समेत सक्रिय 'साथीसँग मनका कुरा' समूहले सहयोग रकम मे १९ मा नेपालस्थित रानाका परिवारलाई हस्तान्तरण गरिने जनाएको छ।
सहयोग गर्ने बैंक खाता नम्बर LA CAIXA - ES36 2100 0319 5801 0229 4312 रहेको छ। साथै समूहका निम्न सदस्यलाई फोन सम्पर्क गर्न सकिने जनाइएको छ:
सोनु राउत +34612 211 563
शालिकराम डुम्रे +34662 194 619
गोपाल रेग्मी +34688 276 303
बिष्णु रिजाल +34609 318 478
बिनीता खनाल रेग्मी +34690 724 226
दावा ऋषि श्रेष्ठ +34660 425 407
सन्तोष श्रेष्ठ +34632 192 080
यस्तो छ रानाको लागि क्षतिपूर्ति रकम आवश्यक रहेकोबारे साउदी अरबस्थित नेपाली दूतावासले नेपालमा पठाएको पत्र:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।