एजेन्सी–अमेरिकी गुप्तचर निकायका पदाधिकारीहरुले चिनियाँ एजेन्टहरुले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको टिमका सदस्यलाई प्रभावित पार्न थालेको दाबी गरेका छन्।
नेशनल इन्टलिजेन्स कार्यालयकी विलियम एवनीनाले चिनियाँ एजेन्टहरुले बाइडेनको टिमका सदस्यहरुलाई निगरानी राख्न सुरु गरेको बताइन्।
उता अमेरिकी न्याय मन्त्रालयले १ हजारभन्दा बढी संदिग्ध चिनियाँ एजेन्ट अमेरिकाबाट भागिसकेको बताएको छ।
एवनीनाले चीनले कोरोना भ्याक्सिन तयार पार्ने अमेरिकी प्रयास र राष्ट्रपति निर्वाचन दुवैमा प्रभाव पार्ने प्रयास गरेको दाबी पनि गरिन्।
निर्वाचनका क्रममा बाइडेनले ह्वाइटहाउसको निर्वाचन अभियान चीनबाट प्रभावित भएको आरोप लगाएका थिए। उता डोनाल्ड ट्रम्पले पनि बाइडेनका छोरा हन्टर बाइडेनलाई चीनसँगको व्यवसाय समझदारीमार्फत् चीनबाट प्रभावित भएको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।