एजेन्सी–अमेरिकी प्रमुख संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले बेलायतले हतारमा कोरोना भ्याक्सिनको अनुमति दिएको टिप्पणी गरेका छन् । उनले बेलायतले अमेरिका झैं कठोर प्रक्रिया नपनाएको बताए।
बुधवार बेलायतले कोरोना भ्याक्सिन सर्वसाधारणलाई लगाउन अनुमति दिएको थियो। भ्याक्सिनलाई अनुमति दिने बेलायत पहिलो देश भएको छ।
फाईजर कम्पनीले बनाएको भ्याक्सिन लगाउन अनुमति दिईएको थियो । फक्स न्युजसग कुरा गर्दै फाउचीले बेलायतले यसलाई पूर्ण सावधानीको रुपमा नलिएको आरोप लगाए। बेलायतले भने आफ्नो प्रक्रियाको बचाउ गरेको छ। उसले सबै प्रक्रिया पुरा गरेकाले भ्याक्सिन सुरक्षित रहेको दावी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।