एजेन्सी–अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई आफूले आफ्नो कार्यकालको पहिलो १ सय दिन मास्क लगाउन आग्रह गर्ने बताएका छन्। सिएनएनसँग कुरा गर्दै उनले हरेक अमेरिकीले मास्क लगाए कोभिड–१९ न्यूनीकरण हुने पनि बताए।
‘कार्यभार सम्हालेको पहिलो दिन नै म नागरिकलाई १ सय दिन मास्क लगाउन आग्रह गर्छु, मात्र सय दिन, सधैंका लागि होइन,’ उनले भने।
बाइडेनले सबै सरकारी कार्यालयमा मास्क अनिवार्य लगाउन निर्देशन दिने पनि बताए।
तर संवैधानिक विज्ञहरुले भने अमेरिकीहरुलाई मास्क लगाउन निर्देशन दिने कुनै कानुनी अधिकार नभएको बताएका छन्। तर अन्तर्वार्ताका क्रममा बाइडेनले आफू र उपराष्ट्रपति कमला ह्यारिसले मास्क लगाएर उदाहरण प्रस्तुत गर्ने बताए।
उनले यातायात, अन्तरराज्य यातायात, विमान, बसलगायतमा मास्क लगाउन भन्ने पनि बाइडेनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।