एजेन्सी–भारतमा चलिरहेको किसान आन्दोलनप्रति क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले टिप्पणी गरेपछि विवाद सुरु भएको छ।
उनले किसान आन्दोलनमा उत्रनु चिन्ताजनक विषय भएको टिप्पणी गरेका थिए। उनले यस सम्बन्धमा भारतीय अधिकारीसँग कुरा गरिने बताएका थिए।
भारतले क्यानडाका प्रधानमन्त्री ट्रुडोको भनाइप्रति प्रतिक्रिया दिँदै उनको यो टिप्पणी अनुचित भएको बताएको छ । लोकतान्त्रिक देशको आन्तरिक मामलामा दख्खल दिन नहुने भारतको प्रतिक्रिया थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कूटनीतिक संवादलाई गलत राजनीतिक उद्धेश्यले गलत तरिकाबाट प्रस्तुत गर्न नहुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।