वासिङ्टन- अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइटहाउसको संचार टोलीका सदस्यमा सबै जना महिला हुने घोषणा गरेका छन्।
बाइडेनको सञ्चार टोलीको नेतृत्व केट बेडिङफिल्डले गर्ने भएकी छन्। उनले ह्वाइट हाउसको सञ्चार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछिन्। बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गरिसकेकी छन्।
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइटहाउसको प्रेस सचिव नियुक्त गरिएको छ।
बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलालाई नियुक्त गर्ने भन्दै खुशी व्यक्त गरे। 'उहाँहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहनु भएको छ,' उनले भनेका छन्।
उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।