मकवानपुर- मकवानपुरको हेटौंडामा राजावादीहरूले प्रदर्शन गरेका छन्। आइतबार दिउँसो राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावदीले भव्य र्याली गरेका हुन्। र्यालीमा सहभागीहरूले राजसंस्था कायम गर्नुपर्ने र हिन्दू राष्ट्र कायम गर्नुपर्ने भन्दै उनीहरूले नाराजुलुस गरेका थिए।
हालको संविधान अनुसार सरकारले जनताको पक्षमा काम नगरेको आरोप लगाएका सहभागीहरुले गणतान्त्रिक सरकारको शैलीका कारण स्वतस्फुर्त विरोध स्वरुप र्याली निकाल्नुपरेको दाबी गरेका थिए।
पछिल्लो समय राजावादीहरूले देशका विभिन्न स्थानमा र्याली निकाल्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।