काठमाडौं–चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । नेपाल भ्रमण सकेर उनी आजै फिर्ता हुनेछन् ।
भ्रमणका क्रममा फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई अर्थपूर्ण मानिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।