एजेन्सी–नाइजेरियामा बोको हराम समूहका लडाकूहरुले खेतमा काम गर्ने ४३ मजदूरको घाँटी रेटेर हत्या गरेका छन्।
शनिबार नाइजेरियाको कोशोबेमा खेतमा काम गरिरहेका मजदूरहरुलाई बाँधेपछि घाँटी काटेर हत्या गरिएको बताइएको छ।
राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन्। घटनापछि स्थानीयको उद्धारमा संलग्न मिलिसिया प्रमुखले ४३ जनाको शव घाँटी काटिएको अवस्थामा फेला परेको र ६ जना घाइते भएको बताए। ८ जना बेपत्ता भएकाले उनीहरुलाई लडाकूले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।