एजेन्सी–इथियोपियाका प्रधानमन्त्री अविय अहमदले उत्तरी टिग्रे क्षेत्रको क्षेत्रीय राजधानीलाई सरकारी फौजले पूर्ण नियन्त्रणमा लिएको दाबी गरेका छन्। योसँगै सेनाले टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टिपीएलएफ) ले कब्जामा लिएका हजारौं सेनालाई मुक्त गरेको छ।
अहमदले टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टिपीएलएफ)विरुद्धको कारबाहीमा विजय प्राप्त गरेको बताएका हुन्।
तर फ्रन्टका नेताहरुले भने आत्मनिर्णयको अधिकारका लागि अन्तिम समयसम्म लड्ने जनाएका छन्। इथियोपियाको सेनाले टिग्रे लिबरेशन फ्रन्टविरुद्ध थालेको कारबाहीमा सयौं मानिस मारिएका छन् भने हजारौं विस्थापित भएका छन्।
इथिपोयाली सेनाको उत्तरी मुख्यालयमा आक्रमण गरेको भन्दै सरकारले गत महिना क्षेत्रीय पार्टी (टिपीएलएफ) विरुद्ध कारबाही थालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।