नयाँ दिल्ली- भारतमा केन्द्र सरकारले निर्माण गरेको कृषि कानुनको विरोधमा रहेका किसानहरुको प्रर्दशनमा एक किसानको सडक दुर्घटनामा मृत्यु भएको छ। यो घटनापछि किसानहरुको आक्रोश झन् बढेको छ।
‘दिल्ली चलो’ मार्चमा सहभागी भएका पञ्जाव मानसा जिल्लाका किसान धाना सिंहको हरियाणाको भिवानीमा एक दुर्घटनामा मृत्यु भएको हो। अखिल भारतीय किसान संघर्ष समन्वय समितिले घटनाप्रति दुःख व्यक्त गरेको छ। उनीहरुले उनको बलिदान खेर जान नदिनेसमेत बताएका छन्।
किसानको मार्च रोक्नका लागि हरियाणा सरकारले लगाएको नाकाबन्दीका कारण यो दुर्घटना भएको भारतीय किसान युनियनले आरोप लगाएको छ। उक्त घटनामा अन्य दुई किसान पनि घाइते भएका छन्। किसानहरुले धाना सिंहको परिवारलाई २० लाख रुपैयाँ क्षतिपुर्ति दिन माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।