एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजले जो बाइडेनलाई आगामी राष्ट्रपतिका रुपमा औपचारिक पुष्टि गरे ह्वाइटहाउस छाड्ने बताएका छन्।
बिहीबार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनमा हार स्वीकार गर्न कठिन हुने बताए। गत ३ नोभेम्बरमा भएको निर्वाचनमा भएको पराजय स्वीकार गर्न उनले अस्वीकार गर्दै आएका छन्।
उनले मतदानमा धाँधली भएको पनि दोहोर्याए। निर्वाचनमा बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेका छन्। कूल मतमा पनि बाइडेन ट्रम्पभन्दा ६० लाख मतले अगाडि छ्न्।
इलेक्टोरल मतको अन्तिम निर्णयका लागि आगामी डिसेम्बरमा बैठक हुनेछ भने १४ डिसेम्बरमा इलेक्टोरल कलेजले बाइडेनको जितको पुष्टि गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।