काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारण सभामा पूर्वअध्यक्षहरू सम्मानित भएका छन्। महासंघले १२ जना पूर्वअध्यक्षहरु सम्मानित भएका हुन्। देशको उद्योग वाणिज्य क्षेत्रमा योगदान गरेबापत् पूर्वाध्यक्षहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको महासंघको ५४औं साधारण सभामा पूर्वअध्यक्षहरू रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, बिनोद चौधरी, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ तथा बिनोदबहादुर श्रेष्ठलाई सम्मान गरिएको हो।
त्यसैगरी पूर्वअध्यक्षहरु चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे र पशुपति मुरारकासमेत सम्मानित भएका हुन्।
बिहीबार उद्घाटन भएको महासंघको साधारण सभा शनिबार सकिनेछ। यो साधारण सभाले महासंघको नयाँ नेतृत्व समेत चयन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।