काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको आजदेखि सुरु हुने ५४ औं साधारण सभा (नेतृत्व चयन समेतको महाधिवेसन) मा ६४ पदमा लागि हुने निर्वाचनमा १ सय २३ जनाको उम्मेदवारी परेको छ। साधारण सभा यही मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।
५४ औं साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने छन् भने १ वरिष्ठ उपाक्ष्यक्ष, १ एसोसिएट उपाध्यक्ष, १ बस्तुगत उपाध्यक्ष, १ जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारिणी सदस्य गरी ६४ जना निर्वाचित हुनेछन्। वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार छन्। दुवै उम्मेदवार आ–आफ्ना प्यानल लिएर चुनावमा होमिएका छन्।
महासंघको निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ। जसअनुसार प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ। जिल्लारनगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन्।
५४ औं साधारण सभाको आज उद्घाटन हुँदैछ भने मंसिर १२ गते भर्चुअल रूपमा बन्दसत्र संचालन हुने जानकारी महासंघले दिएको छ। १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।
कसको प्रतिस्पर्धी को?
अध्यक्ष– शेखर गोल्छा (स्वत:)
निर्वाचित हुुनुपर्ने
वरिष्ठ उपाध्यक्ष– (१ जना)
१ किशोेर प्रधान
२ चन्द्रप्रसाद ढकाल
एसोसिएट उपाध्यक्ष(१ जना)
१ सौरभ ज्योती
२ रामचन्द्र संघाई
वस्तुगत उपाध्यक्ष (१ जना)
१ अञ्जन श्रेष्ठ
२ उमेशलाल श्रेष्ठ
जिल्ला नगर उपाध्यक्ष(१ जना)
१ दिनेश श्रेष्ठ
२ गुणनिधी तिवारी
जिल्ला नगरतर्फ सदस्य (१८ जना)

प्रदेश १ : (१ जना)
रोजेन्द्र राउत ..(निर्वविरोध)
प्रदेश २ं (१ जना)
विनोद कुमार शाह
विजय कुमार शाह
बागमती (१ जना)
राजकुमार न्यौपाने
सहनलाल प्रधान
राजेन्द्र कुमार श्रेष्ठ
गण्डकी ( एक जना)
बाबुराम गिरी
निर्माण कुमार श्रेष्ठ
लुम्बिनी (१ जना)
जमशेर मियाँ
रचना श्रेष्ठ
हेमराज बन्जाडे
कर्णाली. (१ जना)
प्रकाश अधिकारी
लालिमान बुढा
सुदूरपश्चिम (१ जना)
देव बहादुर रोक्का
पुष्प राज कुवँर
संस्थापक सदस्य समूह सदस्य ( १ जना)
उत्तमलाल चुके
दामु अधिकारी
ढिकाराज ढकाल
वस्तुगततर्फबाट सदस्य (१४ जना)

एसोसिएट तर्फ (१९ जना)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।