सिओल– नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था विन्दु मल्ल चयन भएकी छन्। आइतबार अबेर कोरियाको राजधानी सिओलमा सम्पन्न समितिको ५औं अधिवेशनमा मल्लले प्रतिद्वन्द्वी भजिन्द्र क्षेत्रीलाई ३७ मतले पराजित गरिन्।
त्यस्तै, उपसभापतिमा जितेन्द्र महता, लक्ष्मण दाहाल र सुवास योगी चयन भएका छन्। महामन्त्रीमा कुमार थापा र गणेश तिमल्सिना, सहमहामन्त्रीमा मित्रबन्धु काफ्ले र रामप्रसाद उप्रेती, कोषाध्यक्षमा केपी चौलागाईं निर्वाचित भएका छन्।

अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता गगन थापाले विश्वभरि छरिएर रहेका नेपाली लोकतान्त्रिक शक्तिहरु एक ढिक्का हुनुपर्ने बेला आएको बताए।
दक्षिण कोरियामा कांग्रेस, एमाले र माओवादीका प्रवासी संगठनहरु सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।