काठमाडौं–बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। मंगलबार ९२ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधरबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।
मंगलबार पनि सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको छ। मंगलबार ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएकोमा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।