एजेन्सी–साउदी पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणमा साउदी नागरिकविरुद्ध टर्कीमा सुनुवाइ सुरु भएको छ। साउदी अरबका २० अधिकारीविरुद्ध यो मुद्दा चलाईएको छ। तर अहिले उनीहरु टर्कीमा छैनन्।
साउदी युवराज मोहम्मद बिन सलमानका कटु आलोचक जमालको टर्कीको साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो। खसोग्गीको हत्या घाँटी थिचेर गरिएको उनको शव गायब पारेको टर्कीले बताउँदै आएको छ। यो मुद्दा युवराजका दुई पूर्वसहयोगीमाथि चलाईएको छ।
तर उनीहरुले खसोग्गी हत्याको आरोप अस्वीकार गर्दै आएका छन्। खसोग्गीका मित्र एमेन नूरले अदालतमा बयान दिँदै उनको हत्या साउदी युवराजका नजिकका साथीहरुले नै गरेको बताएका थिए। खसोग्गी सधैं उनीहरुवाट डराउने गरेको उनले बताए। अन्तिम पटक दूतावास छिरेका उनी नफर्केपछि हत्याको आशंका गरिएको थियो। उक्त घटनाले विश्वभर नै साउदी युवराजको आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।