एजेन्सी–चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएका छन् ।
नोभेम्बर ३ मा भएको चुनावमा पूर्वउपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् । तर प्रमाण बिना नै ट्रम्पले धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका थिए।
राष्ट्रपतिमा निर्वाचित भएका बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि र सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि अन्तरिमक कालको काम थालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।