• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिस्पर्धा एआइजीको, निधो भावी आइजीको ? [टिप्पणी]

64x64
नारायण अधिकारी सोमबार, मंसिर ८, २०७७  ०८:४४
1140x725

काठमाडौं- मन्त्रिपरिषद बैठकको एउटा निर्णयले करिब ८० हजार सदस्य भएको प्रहरी संगठनमा हलचल पैदा गरेको छ। निर्णय हो- नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को दरबन्दी थप। एआइजी दरबन्दी थप गर्ने कामले पूर्णता हालै मात्र पाएको हो। तर यसको गृहकार्य भने दुई महिनाअघिबाटै भएको थियो।

असोज १२ गते नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भयो। अध्यादेश प्रमाणीकरणसँगै काठमाडौं उपत्यकाका तीन जिल्ला हेर्ने महानगरीय प्रहरी अवधारणा खारेज भई ‘संघीय राजधानी प्रहरी’ गठन हुने भयो। 

संघीय राजधानी प्रहरी गठन हुने भएपछि राजधानीसमेत रहेको उपत्यकाको सुरक्षा चुनौतीपूर्ण हुने भएकाले यसको नेतृत्वको एआइजीले गर्नुपर्ने तर्क केही डिआइजीबाटै भएको थियो। ‘यसअघि पनि उपत्यकाको नेतृत्व एआइजीले गरेको, बढ्दो सहरीकरण र प्रविधिको प्रयोगले सुरक्षा चुनौती दिनानुदिन बढ्दै गएकाले पनि एआइजीले नै नेतृत्व गर्नुपर्छ,’ दरबन्दी थप्नका लागि तर्क पेस हुने गरेका थिए। 

गैरप्रहरी कर्मचारीले एआइजी पद थप गर्नुपर्ने तर्क राखे पनि थप गर्ने वा नगर्ने भन्ने निर्णय सरकारको हो। अन्ततः सरकारले आवश्यकता नै देख्यो। सायद त्यही भएर एक एआइजीको पद सिर्जना गरिएको हो। यसको पछाडि केही स्वार्थ के छ भन्ने कुरा सतहमा आइसकेको छैन। 

एआइजी दरबन्दी थप हुने विषयको जानकारी आइजी शैलेश थापा क्षेत्रीले त पाएनन् पाएनन्, गृहसचिवदेखि गृहमन्त्रीसम्मले पनि यसको सुइँकोसम्म नपाएको बताए।

त्यसो भए प्रश्न उठ्छ, आखिर कसरी थप थयो एक एआइजीको पद? यो प्रश्नको उत्तर खोज्नुअघि संक्षिप्त रूपमा यसको पृष्ठभूमि केलाऔं। 

गृहसचिव नेतृत्वको समितिले गत साउन २८ गते ५ डिआइजीको दरबन्दी थपसहितको 'ओएन्डएम' मन्त्रिपरिषद्‍मा पेस गरेको थियो। गत बुधबारको मन्त्रिपरिषद बैठकले भने ५ डिआइजीसँगै एक एआइजीको दरबन्दी पनि थप गरेर ओएन्डएम पास गरिदिएको छ। पठाउँदै नपठाएको एआइजीको दरबन्दी थप भएर आएको हो/होइन भन्नेबारे गृह मन्त्रालय औपचारिक रुपमा खुलाउन चाहँदैन। यसबारे गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमसँग जिज्ञासा राख्दा मुख्य प्रश्नलाई 'स्किप' गरेर उत्तर दिन्छन्। गौतम भन्छन्, ‘यति बुझ्नुस् ओएन्डएम पास भएर आएको छ। अब समायोजनको बाटो खुल्छ।’

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि यो विषयमा निरीह नै देखिएका छन्। निरीह पनि यतिसम्म कि एआइजीको दरबन्दी थपबारे उनलाई थाहै छैन। उनकै मन्त्रालयका सचिव नेतृत्वको समितिले दरबन्दीको खाका कोर्ने, आफैँ सदस्य भएको मन्त्रिपरिषदबाट एआइजीको दरबन्दी थप गरी पास पनि हुने। तर विभागीय मन्त्रीलाई पत्तोसम्म नहुने! गृहमन्त्रीले आफ्नै विभागको निर्णय पनि मिडियाबाट थाहा पाउनुपर्ने। यो विषय सत्य हो/होइन गृहमन्त्री बादल नै जानुन्। तर यदि सत्य हो भने मन्त्रिपरिषद्‍मा उनको उपस्थिति कस्तो रहेछ भन्ने कुरालाई थप प्रष्ट पारिरहनु पर्दैन। नाम मात्रको या ‘बुख्याचा’जस्तो? दुईमध्ये जे भने पनि अतिशयोक्त्ति नहोला। 

Ncell 2
Ncell 2
nimb
nimb

एआइजीको दरबन्दी थप गर्ने विषयमा मन्त्रिपरिषदको प्रशासनिक समितिमा कुरा उठेकाे थियाे। मन्त्रिपरिषद्को प्रशासनिक समितिका संयोजक ईश्वर पोरखेलले बैठकको अन्तिममा सचिव महेन्द्र गुरागाईँलाई निर्देशन दिए, 'एआइजीको एउटा दरबन्दी थप गर्ने लेख्नुस्।' 

पोखरेलले एक्कासी नयाँ प्रस्ताव थप्न लगाएपछि गुरागाईँले बैठकमा रहेका गृहमन्त्री थापा र उपप्रधानमन्त्री पोखरेलको मुखमा हेरे। थापा बोलेनन्, पोखरेलले अघि बढ्न निर्देशन दिए। त्यसैअनुसार निर्णय भयो र प्रस्ताव मन्त्रिपरिषद पठाइयो। 

जानकारहरु भन्छन्, पोरखेल एक्लै खुसुक्क एक एआइजीको पद थप्ने हैसियत राख्दैनन्। यसबारे गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म जानकार छन्। प्रधानमन्त्रीकै 'ग्रिन सिग्नलमा दरबन्दी थप गरिएको हुनुपर्छ।’ मन्त्री पोखरेल नेतृत्वको प्रशासनिक समितिमा गृहसचिव र आइजी भएकै बखत एक एआइजी थप गर्नेबारे कुरासमेत उठेको जानकार बताउँछन्।

यो त भयो एआइजी दरबन्दी थपको विषय। एआइजी दरबन्दी थपपछि पेचिलो बनेको छ एआइजी बढुवा।

थप भएको दरबन्दी १५ दिनभित्र प्रहरी किताबखानामा दर्ता गराइसक्नुपर्ने प्रावधान छ भने दरबन्दी रिक्त भएको तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने कानुनी प्रावधान छ। दरबन्दी १, प्रतिस्पर्धी ११। अझ सिनियर डिआइजी बढुवा हुँदा आइजीका लागि प्रतिस्पर्धाको 'च्याप्टर नै क्लोज'। तर त्यति सहज छैन भावी आइजीको टुंगो अहिले नै लाग्न।

प्रहरी नियमावली २०७१ को परिच्छेद ४ मा बढुवासम्बन्धी व्यवस्था गरिएको छ। दफा २८ को उपनियम (२) को १ अनुसार डिआइजी वा सोभन्दा माथिल्लो पदमा बढुवा हुन न्यूनतम सेवा अवधिको हद नलाग्ने उल्लेख भएकाले सिनियर डिआइजी विश्वराज पोखरेलदेखि ११औं नम्बरका डिआइजी अरुणकुमार बिसीसम्म एआइजीका प्रतिस्पर्धी हुन्। जसकारण थप भएको एक दरबन्दीमा ११ जनामध्ये जोकोही बढुवा हुनसक्ने बाटो खुल्ला नै छ।

ऐनको दफा २७ अनुसार एआइजी पदका लागि सिफारिस गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र प्रहरी महानिरीक्षक सदस्य–सचिव भएको समिति हुन्छ।

यो समितिले बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रहरी कर्मचारीलाई बढुवाका लागि पहिला सिफारिस गर्नु पर्ने हुन्छ। बढुवा समितिले प्रहरी कर्मचारीलाई कार्यक्षमता वापत पाएको कुल अंकको आधारमा बढुवाका लागि सिफारिस गर्नुपर्ने हुन्छ।

जसमा कार्यसम्पादन मूल्यांकन बापत ४०, ज्येष्ठता बापत प्रत्येक वर्षको २ अंकका दरले १० वर्षसम्मको २० अंक, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापतको ८ अंक, शैक्षिक योग्यता वापत १०, तालिम वापत ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत ५, विभुषण, मानपदवी वापत २ र बढुवा समितिले दिने ७.५ अंक हुन्छ।

जसकारण एआइजी बढुवाको पहिलो दाबेदार रहेका विश्वराज पोखरेलले ज्येष्ठताबापत अरुभन्दा बढी २ अंक पाउँछन्। अन्य प्रतिस्पर्धीभन्दा बढी पोखरेलले २ अंक मात्रै बढी पाउने भएकाले अहिले नै पाखरेल एआइजी हुने पक्का भएको होइन। 

गत वर्षको वैशाख १९ गते बढुवा भएका विश्वराज पोखरेलदेखि गत चैत २८ गते बढुवा भएका १० जना डिआइजीको कार्यसम्पादन मूल्यांकनका आधारमा बढी अंक पाउने एक डिआइजीको नाम समितिले सिफारिस गर्नुपर्ने हुन्छ।

जसकारण गत चैतमा मात्रै हालका आइजीका ब्याचीलाई समेत एसएसपीमै छाडेर बढुवा भएका सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, रवीन्द्र धानुक पनि एआइजी बढुवाका बलिया दाबेदार हुन्। ११ जना डिआइजीका लागि एआइजी बढुवाको ढोका बन्द भएको छैन। 

यहाँ नाम उल्लेख गरिएकामध्ये जो कोहीको बढुवा भएको अवस्थामा भावी आइजीको टुंगो लाग्नेछ। तर अर्को सम्भावनालाई हेर्ने हो भने भावी आइजीको टुंगो लाग्छ नै भन्न पनि सकिने अवस्था छैन। पहिलो नम्बरका डिआइजी पोखरेलबाहेक पाँचौं नम्बरसम्मका डिआइजी जोकोहीको बढुवा भएको अवस्थामा भने भावी आइजीका प्रतिस्पर्धाको ढोका खुल्ला नै रहनेछ। 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन अध्यक्ष ओलीले शुक्रबार टोलीलाई बिदाइ गर्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक निर्देशन दि... शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले ज... शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्