• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिस्पर्धा एआइजीको, निधो भावी आइजीको ? [टिप्पणी]

64x64
नारायण अधिकारी सोमबार, मंसिर ८, २०७७  ०८:४४
1140x725

काठमाडौं- मन्त्रिपरिषद बैठकको एउटा निर्णयले करिब ८० हजार सदस्य भएको प्रहरी संगठनमा हलचल पैदा गरेको छ। निर्णय हो- नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को दरबन्दी थप। एआइजी दरबन्दी थप गर्ने कामले पूर्णता हालै मात्र पाएको हो। तर यसको गृहकार्य भने दुई महिनाअघिबाटै भएको थियो।

असोज १२ गते नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भयो। अध्यादेश प्रमाणीकरणसँगै काठमाडौं उपत्यकाका तीन जिल्ला हेर्ने महानगरीय प्रहरी अवधारणा खारेज भई ‘संघीय राजधानी प्रहरी’ गठन हुने भयो। 

संघीय राजधानी प्रहरी गठन हुने भएपछि राजधानीसमेत रहेको उपत्यकाको सुरक्षा चुनौतीपूर्ण हुने भएकाले यसको नेतृत्वको एआइजीले गर्नुपर्ने तर्क केही डिआइजीबाटै भएको थियो। ‘यसअघि पनि उपत्यकाको नेतृत्व एआइजीले गरेको, बढ्दो सहरीकरण र प्रविधिको प्रयोगले सुरक्षा चुनौती दिनानुदिन बढ्दै गएकाले पनि एआइजीले नै नेतृत्व गर्नुपर्छ,’ दरबन्दी थप्नका लागि तर्क पेस हुने गरेका थिए। 

गैरप्रहरी कर्मचारीले एआइजी पद थप गर्नुपर्ने तर्क राखे पनि थप गर्ने वा नगर्ने भन्ने निर्णय सरकारको हो। अन्ततः सरकारले आवश्यकता नै देख्यो। सायद त्यही भएर एक एआइजीको पद सिर्जना गरिएको हो। यसको पछाडि केही स्वार्थ के छ भन्ने कुरा सतहमा आइसकेको छैन। 

एआइजी दरबन्दी थप हुने विषयको जानकारी आइजी शैलेश थापा क्षेत्रीले त पाएनन् पाएनन्, गृहसचिवदेखि गृहमन्त्रीसम्मले पनि यसको सुइँकोसम्म नपाएको बताए।

त्यसो भए प्रश्न उठ्छ, आखिर कसरी थप थयो एक एआइजीको पद? यो प्रश्नको उत्तर खोज्नुअघि संक्षिप्त रूपमा यसको पृष्ठभूमि केलाऔं। 

गृहसचिव नेतृत्वको समितिले गत साउन २८ गते ५ डिआइजीको दरबन्दी थपसहितको 'ओएन्डएम' मन्त्रिपरिषद्‍मा पेस गरेको थियो। गत बुधबारको मन्त्रिपरिषद बैठकले भने ५ डिआइजीसँगै एक एआइजीको दरबन्दी पनि थप गरेर ओएन्डएम पास गरिदिएको छ। पठाउँदै नपठाएको एआइजीको दरबन्दी थप भएर आएको हो/होइन भन्नेबारे गृह मन्त्रालय औपचारिक रुपमा खुलाउन चाहँदैन। यसबारे गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमसँग जिज्ञासा राख्दा मुख्य प्रश्नलाई 'स्किप' गरेर उत्तर दिन्छन्। गौतम भन्छन्, ‘यति बुझ्नुस् ओएन्डएम पास भएर आएको छ। अब समायोजनको बाटो खुल्छ।’

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि यो विषयमा निरीह नै देखिएका छन्। निरीह पनि यतिसम्म कि एआइजीको दरबन्दी थपबारे उनलाई थाहै छैन। उनकै मन्त्रालयका सचिव नेतृत्वको समितिले दरबन्दीको खाका कोर्ने, आफैँ सदस्य भएको मन्त्रिपरिषदबाट एआइजीको दरबन्दी थप गरी पास पनि हुने। तर विभागीय मन्त्रीलाई पत्तोसम्म नहुने! गृहमन्त्रीले आफ्नै विभागको निर्णय पनि मिडियाबाट थाहा पाउनुपर्ने। यो विषय सत्य हो/होइन गृहमन्त्री बादल नै जानुन्। तर यदि सत्य हो भने मन्त्रिपरिषद्‍मा उनको उपस्थिति कस्तो रहेछ भन्ने कुरालाई थप प्रष्ट पारिरहनु पर्दैन। नाम मात्रको या ‘बुख्याचा’जस्तो? दुईमध्ये जे भने पनि अतिशयोक्त्ति नहोला। 

nimb
nimb
Ncell 2
Ncell 2

एआइजीको दरबन्दी थप गर्ने विषयमा मन्त्रिपरिषदको प्रशासनिक समितिमा कुरा उठेकाे थियाे। मन्त्रिपरिषद्को प्रशासनिक समितिका संयोजक ईश्वर पोरखेलले बैठकको अन्तिममा सचिव महेन्द्र गुरागाईँलाई निर्देशन दिए, 'एआइजीको एउटा दरबन्दी थप गर्ने लेख्नुस्।' 

पोखरेलले एक्कासी नयाँ प्रस्ताव थप्न लगाएपछि गुरागाईँले बैठकमा रहेका गृहमन्त्री थापा र उपप्रधानमन्त्री पोखरेलको मुखमा हेरे। थापा बोलेनन्, पोखरेलले अघि बढ्न निर्देशन दिए। त्यसैअनुसार निर्णय भयो र प्रस्ताव मन्त्रिपरिषद पठाइयो। 

जानकारहरु भन्छन्, पोरखेल एक्लै खुसुक्क एक एआइजीको पद थप्ने हैसियत राख्दैनन्। यसबारे गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म जानकार छन्। प्रधानमन्त्रीकै 'ग्रिन सिग्नलमा दरबन्दी थप गरिएको हुनुपर्छ।’ मन्त्री पोखरेल नेतृत्वको प्रशासनिक समितिमा गृहसचिव र आइजी भएकै बखत एक एआइजी थप गर्नेबारे कुरासमेत उठेको जानकार बताउँछन्।

यो त भयो एआइजी दरबन्दी थपको विषय। एआइजी दरबन्दी थपपछि पेचिलो बनेको छ एआइजी बढुवा।

थप भएको दरबन्दी १५ दिनभित्र प्रहरी किताबखानामा दर्ता गराइसक्नुपर्ने प्रावधान छ भने दरबन्दी रिक्त भएको तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने कानुनी प्रावधान छ। दरबन्दी १, प्रतिस्पर्धी ११। अझ सिनियर डिआइजी बढुवा हुँदा आइजीका लागि प्रतिस्पर्धाको 'च्याप्टर नै क्लोज'। तर त्यति सहज छैन भावी आइजीको टुंगो अहिले नै लाग्न।

प्रहरी नियमावली २०७१ को परिच्छेद ४ मा बढुवासम्बन्धी व्यवस्था गरिएको छ। दफा २८ को उपनियम (२) को १ अनुसार डिआइजी वा सोभन्दा माथिल्लो पदमा बढुवा हुन न्यूनतम सेवा अवधिको हद नलाग्ने उल्लेख भएकाले सिनियर डिआइजी विश्वराज पोखरेलदेखि ११औं नम्बरका डिआइजी अरुणकुमार बिसीसम्म एआइजीका प्रतिस्पर्धी हुन्। जसकारण थप भएको एक दरबन्दीमा ११ जनामध्ये जोकोही बढुवा हुनसक्ने बाटो खुल्ला नै छ।

ऐनको दफा २७ अनुसार एआइजी पदका लागि सिफारिस गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र प्रहरी महानिरीक्षक सदस्य–सचिव भएको समिति हुन्छ।

यो समितिले बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रहरी कर्मचारीलाई बढुवाका लागि पहिला सिफारिस गर्नु पर्ने हुन्छ। बढुवा समितिले प्रहरी कर्मचारीलाई कार्यक्षमता वापत पाएको कुल अंकको आधारमा बढुवाका लागि सिफारिस गर्नुपर्ने हुन्छ।

जसमा कार्यसम्पादन मूल्यांकन बापत ४०, ज्येष्ठता बापत प्रत्येक वर्षको २ अंकका दरले १० वर्षसम्मको २० अंक, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापतको ८ अंक, शैक्षिक योग्यता वापत १०, तालिम वापत ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत ५, विभुषण, मानपदवी वापत २ र बढुवा समितिले दिने ७.५ अंक हुन्छ।

जसकारण एआइजी बढुवाको पहिलो दाबेदार रहेका विश्वराज पोखरेलले ज्येष्ठताबापत अरुभन्दा बढी २ अंक पाउँछन्। अन्य प्रतिस्पर्धीभन्दा बढी पोखरेलले २ अंक मात्रै बढी पाउने भएकाले अहिले नै पाखरेल एआइजी हुने पक्का भएको होइन। 

गत वर्षको वैशाख १९ गते बढुवा भएका विश्वराज पोखरेलदेखि गत चैत २८ गते बढुवा भएका १० जना डिआइजीको कार्यसम्पादन मूल्यांकनका आधारमा बढी अंक पाउने एक डिआइजीको नाम समितिले सिफारिस गर्नुपर्ने हुन्छ।

जसकारण गत चैतमा मात्रै हालका आइजीका ब्याचीलाई समेत एसएसपीमै छाडेर बढुवा भएका सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, रवीन्द्र धानुक पनि एआइजी बढुवाका बलिया दाबेदार हुन्। ११ जना डिआइजीका लागि एआइजी बढुवाको ढोका बन्द भएको छैन। 

यहाँ नाम उल्लेख गरिएकामध्ये जो कोहीको बढुवा भएको अवस्थामा भावी आइजीको टुंगो लाग्नेछ। तर अर्को सम्भावनालाई हेर्ने हो भने भावी आइजीको टुंगो लाग्छ नै भन्न पनि सकिने अवस्था छैन। पहिलो नम्बरका डिआइजी पोखरेलबाहेक पाँचौं नम्बरसम्मका डिआइजी जोकोहीको बढुवा भएको अवस्थामा भने भावी आइजीका प्रतिस्पर्धाको ढोका खुल्ला नै रहनेछ। 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएक... आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा विवरणमा ललितपुरको भैँसेपाटीमा ४ आना ३ पैसा क्षेत्रमा ५ करोड मूल्यको अर्को घर, काभ्रेको धुलिखेलमा पनि उनको नाममा ३ करोड ७५ लाखको अपार... आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्... आइतबार, चैत २९, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत ३०, २०८२
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड सोमबार, चैत ३०, २०८२
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्