एजेन्सी–महात्मा गान्धीले प्रयोग गरेको एउटा घडी ११ लाख ८२ हजार भारतीय रुपैयाँमा लिलामी भएको छ।
बेलायतको ब्रिस्टल सहरमा भएको एक लिलामीमा गान्धीले प्रयोग गरेको र टुक्रिएको खल्ती घडी १२ हजार पाउन्डमा बिक्री भएको हो। भारतीय रुपैयाँमा यसलाई रुपान्तरण गर्दा ११ लाख ८२ हजार हुन आउँछ। चाँदीको पोलिस भएको स्विस घडी गान्धीले सन् १९४४ सालमा कसैबाट उपहार पाएका थिए।
लिलामी कम्पनी इस्ट ब्रिस्टल अक्सनले यो घडी १० हजार पाउन्डसम्म बोली लाग्ने आशा गरेको थियो । तर शुक्रबार उसको अनुमानभन्दा माथि बोली लागेको हो । यो घडी अमेरिकामा रहेका एक संग्रहकर्ताले खरिद गरेका छन्। यसअघि गान्धीको एक चस्मा २ लाख ६ हजार पाउन्डमा विक्री भएको थियो। गान्धीलाई उनका काकाले दक्षिण अफ्रिकामा काम गर्ने समयमा उक्त चश्मा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।