काठमाडौं-साताकाे पहिलो दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ।
आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।