एजेन्सी–अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को धक्का दिएको छ। निर्वाचनमा विजयी भएका जोन बाइडेनको पक्षमा भएको मत गैरकानुनी भएको भन्दै दायर गरेको ट्रम्पको निवेदन अदालतले खारेज गरिदिएको हो।
पेन्सिलभेनियाको मतगणना गलत भएको दावी शनिबार अदालतले खारेज गरिदिएको हो। ‘संविधान उल्लंघन गर्ने अधिकार अदालतलाई छैन, न्यायाधीश म्याथ्यु ब्रेयनको आदेशमा भनिएको छ, ‘ट्रम्प पक्षको चुनावी अभियानले गरेको दावी पुष्टी हुने आधार देखिँदैन।’
यो राज्यमा बाइडेनले जित हात पारेका थिए र अधिकारीहरुले सोमबार परिणाम घोषणा गर्दै छन् । बाइडेनले ८१ हजारको अन्तरले उक्त क्षेत्रमा निर्वाचन जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।