एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनलाई ह्वाइटहाउस पस्न नदिन पुनः प्रयास गरेका छन्। मिसिगनका रिपब्लिकन पार्टी पदाधिकारीहरुले मत प्रमाणित गर्ने प्रक्रिया २ साता रोक्न राज्य चुनाव आयोगलाई आग्रह गरेका छन्।
उनीहरुले मिसिगनको डेट्रोइटको मत पुनः परीक्षण गर्न आग्रह गरेका छन्। यद्यपि मिसिगनका स्टेट डिपार्टमेन्टले यस किसिमको ढिलाइ गैरकानुनी भएको बताउँदै अस्वीकार गरेका छन्।
मिसिगनको चुनावी आयोगमा २ डेमोक्रेट र २ रिपब्लिकनसमर्थक छन्। आयोगले चुनावी परिणामलाई औपचारिक रुपमा प्रमाणित गर्न सोमबार बैठक गर्दैछन्। उक्त निर्णयलाई मिसिगनका सेक्रेटरी अफ स्टेट र गभर्नरले अनुमोदन गर्नुपर्नेछ। दुवै जना डेमोक्रेट भएकाले चुनावी परिणामको परिवर्तनलाई समर्थन नगर्ने आँकलन गरिएको छ।
ट्रम्पले मिसिगनका रिपब्लिकन सांसदलाई शुक्रबार ह्वाइटहाउस बोलाएर छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।