एजेन्सी–स्वास्थ्यमा गम्भीर समस्या आएपछि भारतको असममा पूर्वमुख्यमन्त्री तरुण गोगोईलाई भेन्टिलेटरमा राखिएको छ। उनलाई गत अगष्टमा कोरोना संक्रमण भएकोमा निको भइसकेको थियो।
असमका स्वास्थ्यमन्त्री हेमन्त विश्वाले शनिबार सास फेर्न कठिनाइ भएपछि उनलाई अस्पताल भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको बताए। उनका छोरा गौरव गोगोईले पनि ट्वीट गर्दै आफ्ना पिताको स्वास्थ्यमा समस्या आएको जानकारी दिएका थिए।
८६ वर्षीय गोगोईलाई पिसाबसम्बन्धी समस्या आएपछि २ नोभेम्बरमा गुहावटी मेडिकल कलेजमा भर्ना गरिएको थियो।
उनी ३ पटकसम्म असमका मुख्यमन्त्री रहिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।