एजेन्सी–पाकिस्तानको पञ्जाब जिल्लामा एक डाक्टरको हत्या भएको छ। ननकाना जिल्लामा अहमदिया समुदायका ३१ वर्षीय डाक्टर ताहिर अहमदको हत्या भएको हो। घटनामा ताहिरका पिता तारिक अहमदसहित अन्य २ जना घाइते भएका छन्। तारिक अहमदको अवस्था गम्भीर रहेको बताइएको छ।
सरकारी प्रवक्ताका अनुसार एक इस्लामिक समूहका लडाकूहरुले तारिक परिवारमाथि गोली चलाएका थिए। उनीहरु शुक्रबारको नमाजका लागि बाहिर गइरहेका बेला गोली चलेको हो।
हाल अहमदिया समुदायविरुद्ध घृणा अभियान चलिरहेकाले यो समुदायका मानिसहरु घरमा समेत सुरक्षित नभएको देखिएको समुदायका प्रवक्ताले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।