एजेन्सी–भारतको दिल्लीमा कोरोना संक्रमण तीव्र हुँदै गएपछि आजदेखि थप कडा नियम लागू गरिएको छ। कोरोना गाइडलाइन्स पालना नगर्नेलाई २ हजार रुपैयाँ जरिवाना गरिने भएको छ।
सार्वजनिक स्थानमा मास्क नलगाउने, क्वारेन्टाइनको नियम नमान्ने, सामाजिक दूरी पालना नगर्ने र सार्वजनक स्थानमा थुकेमा २ हजार रुपैयाँ जरिवाना गरिने भएको छ।
यसअघि कोरोना गाइडलाइन्स पालना नगर्नेलाई ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो। दिल्लीमा २४ घण्टामा कोरोनाबाट १ सय १८ जनाको मृत्यु भएको छ भने २४ घण्टामा ६ हजार ६ सय ८ जना संक्रमित थपिएका छन्।
हालसम्म दिल्लीमा कोरोनाबाट ८ हजार १ सय ५९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५ लाख १७ हजार छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।