एजेन्सी–अमेरिकाको जर्जियामा जो बाइडेन विजयी भएको घोषणा गरिएको छ। जर्जियाका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पर्जरले बाइडेन विजयी भएको औपचारिक रुपमा प्रमाणीत गरेका हुन्।
राफेनस्पर्जरले राज्यमा पार्टी पराजित भए पनि संख्याले कुनै अर्थ नराख्ने टिप्पणी गरे।
जर्जियामा बाइडेन १२ हजारभन्दा बढी मतले विजयी भएका हुन्। त्यहाँबाट उनले १८ इलेक्टोरल मत प्राप्त गरेका छन्। यस्तै, मिसिगनमा पनि ट्रम्पलाई झड्का लागेको छ। ह्वाइहाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि मिसिगनका रिपब्लिकन पार्टीका वरिष्ठ अधिकारीहरुले राज्यमा बाइडेनको जितको परिणाम परिवर्तन हुनसक्नेबारेमा केही जानकारी नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।