एजेन्सी–अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले पराजय अस्वीकार गरेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्। निर्वाचन परिणाम अस्वीकार गरेर ट्रम्पले नराम्रो सन्देश दिएको उनको भनाइ छ।
आफूले नजित्ने थाहा भए पनि ट्रम्पले अचम्मको गैरजिम्मेवारी देखाएको बाइडेनले बताए।
निर्वाचनमा धाँधली भएको भन्दै ट्रम्पले कानुनी चुनौती दिन थालेका छन्। उनले आगामी रणनीतिका बारेमा छलफल गर्न आफूसमर्थित राज्यका सांसदहरुलाई ह्वाइटहाउस बोलाएका छन्। शुक्रबार मिसिगनका रिपब्लिकन सांसदहरुलाई बोलाइएको छ।
पपुलर भोटमा ट्रम्प बाइडेनभन्दा ५९ लाखले पछाडि छन्। इलेक्टोरल कलेजमा बाइडेनको ३ सय ६ रहेको छ भने ट्रम्पको २ सय ३२ छ। अब निर्वाचन परिणाम उल्टन ट्रम्पले कम्तिमा ३ राज्यमा जित हासिल गर्नुपर्नेछ। तर जर्जियामा भएकोे पुनः गणनामा ट्रम्पलाई धक्का लागेको छ। त्यहाँ पुनः बाइडेन नै विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।