• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजनीतिक जीवन सिध्याउने गरी ल्याइएको आरोपपत्र अस्वीकार गर्छु

64x64
केपी शर्मा ओली बिहीबार, मंसिर ४, २०७७  ०९:२८
1140x725

कमरेडहरू !
आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनुपर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौँ ।

एक दुईवटा कुरा राखौँ । अस्तिको बैठकमा केही कुरा जस्तो कि बैठकको एजेन्डाका रूपमा होइन, पत्राचारका रूपमा पाँच जना साथीले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ । ती आरोप अनुत्तरित हुन पनि सक्दैनथे । मैले त्यसको जवाफ किन दिनुप-यो ? वास्तवमा ती आरोप सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनका बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो । त्यसकारण मैले व्यक्तिगत तवरमा नै अगुवाइ उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखेँ । त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीलाई पनि जानकारीका लागि दिएँ । त्यसको प्रत्युत्तरमा अर्को सात पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो । त्यसको जवाफ मैले दिएको छैन । स्वाभाविक रूपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ।

त्यस बाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यलाई पनि बाँड्नुभयाे । त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ । एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोग सहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो । अरू साथीलाई पनि वितरण गर्नुभयो तर त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्मत प्रस्ताव भन्न मिल्दैन । त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ । त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखवारबाजी गरियो । यसो गर्नु उचित भयो कि भएन ? केही मतलबको कुरा भएन । अखवारबाजी गर्नसमेत त्यसो गरिएको थियो र त्यसमा केही साथीको संलग्नता र सहमति भएको पनि जानकारी भयो । त्यसो भएर यो विषय धेरै गम्भीर छ ।

मैले अस्ति दुई कमरेडलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ । यसको छिनोफानो नभइकन, यी आरोपसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोप या त त्यसबाट बदर हुनुप-यो तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुप-यो र ती पद र ती जिम्मेवारीबाट हट्नुप-यो । यो हटाउने माग त पहिलेदेखि आएकै थियो । यसपटक हट्ने आधार यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ । पहिले जस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन, त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ । त्याग भन्ने शब्द त्यहाँ राखिएको छ । यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ । यो आरोप या त सदर ठहरिनुप-यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुप-यो । यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुप-यो, यसको जवाफदेही लिनुप-यो ।

बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्पमत छ, के छ, कसको कस्तो छ भन्ने कुरा खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन । अब यसमा जानुपर्ने हुन्छ । यसको मैले जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्न मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को कुरा मैले भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ । त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? सङ्गठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ । अर्को कुरा के हो भने अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, समझदारीको त त्यसैले अन्त्यको घोषणा ग-यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ । म चाहन्छु मिलेर जाऔँ, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई ऐक्यबद्ध राख्न सकियोस् ।

म के भन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन, जालझेल र तिक्डम गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुरामा पछि छलफल गरौंँला । आज म त्यो लाञ्छना पत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबै खारेज गर्छु । यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोप पत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु । मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पु-यायो भनेर माधव कमरेडलाई भनेँ । उहाँले अँ धम्क्याउने ? धम्क्याएर कोही डराउँदैन भन्नुभयो ।

अब डराउने खालको त यहाँ कोही छ जस्तो लाग्दैन । माधव कमरेड मात्रै नडराउने होइनन्, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन । कोही पनि डराउँदैनन् । यस्तै राजनीति गरेर आएका मान्छे कोही डराउलान् जस्तो लाग्दैन । सबै शूरैशूरा हुँदा शूरै चाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन ? फेरि पनि विचार गर्न मेरो आग्रह छ । अहिले अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनुपर्छ त्यसो नगरिकन अगाडि जान सकिँदैन । यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफ पत्र पनि तयार भइसकेको छैन । मैले त्यो पत्र मसिनोगरी हेर्नुपर्ने आवश्यकता छ । यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु ।

Xtrem
Xtrem

मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्क्याएको होइन । यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छना जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरू कसैको पनि थिएन । कहिल्यै कसैले यस्ता आरोप लगाएको यस ढङ्गले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइन । त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोप लगाइएका छन् र जुन लाञ्छना लगाइएका छन्, ती हल्का ढङ्गले लगाइएका रूपमा मैले लिएको छैन । यो अवश्य नै अत्यन्त गम्भीरपूर्वक लगाइएको छ । राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु । लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु । ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन । त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीले कुन बाटोबाट जाने च्वाइस गर्नुस् ।

अँ, त्यस्ता झुठा र निकृष्ट लाञ्छना मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ । तसर्थ आज बैठक अगाडि बढ्न सक्ने देख्दिन । म त्यसमा बहस गर्न अहिले तयार छैन किनभने मेरो तयारी नै पुगेको छैन, बुँदा पुगेका छैनन् भन्ने कुरा त भनिसकेको छु । त्यसमा फेरि थप के भन्नु छ र ? त्यसमा अरूको पानी चित्र त देखेको छु नि ! त्यसमा त यसो हेर्दा पानी चित्र त आउँछ नि ! मैले कुरा गरेको छु र सबै सुनेको छु नि ! अहिलेलाई यत्ति नै । धन्यवाद । 

(पार्टी सचिवालयको बुधबारकाे बैठकमा ओलीले गरेकाे सम्बोधनको सम्पादित अंश/गोरखापत्रबाट साभार)

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी शर्मा ओली
लेखकबाट थप
एमालेभित्रका 'विपक्षी'को चर्को आलोचना गर्दै प्रधानमन्त्रीले पढे सरकारको 'नीति-कार्यक्रम' (पूर्णपाठ)
नेकपामा जस्तो भाँडभैलो संसारका कुनै पार्टीमा हुँदैन
जो भन्यो उही न्यायाधीश चाहिने भए किन चाहियो अदालत?
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्