काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनअन्तर्गत शनिबार लुम्बिनी लायन्सविरुद्ध काठमान्डू गोर्खाजले पहिलो पावर प्लेमा बिना विकेट क्षति ४६ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि काठमान्डू ब्याटिङमा उत्रिएको हो ।
काठमान्डूले सुरुवाती ६ ओभरमा आक्रामक ब्याटिङ गर्दै ४६ रन जोडेको छ । पहिलो पावर प्ले सकिँदासम्म उसका कुनै पनि ब्याटर आउट भएका छैनन् ।
काठमाडौंका लागि डेभिड वार्नरले ३२ रन बनाएका छन् भने साहिल पटेलले १७ रन बनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।