काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन गरिएको छ ।
शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन भएको हो ।
समितिमा शुक्रबार बागचन्द र सारूको सुनुवाइ गरिएको थियो भने शनिबार पाण्डे र डाँगीको सुनुवाइ भएको हो ।
उनीहरु चारै जनाको नाम अनुमोदन भएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
संसदीय सुनुवाईबाट अनुमोदिन चारै जना सर्वोच्च अदालतको न्यायाधीश बन्ने पक्का भएको छ । अब राष्ट्रपतिले उनीहरुको नियुक्ति गर्ने छन् ।
चारै जना विरुद्ध संसदीय समितिमा उजुरी परेको थियो । उजुरीमाथि छलफल हुँदा समितिका सदस्य सांसदहरुले चारै जनालाई अनेक प्रश्न गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।