एजेन्सी–बेलायतले आगामी ४ वर्षका लागि रक्षा बजेटमा १६ अर्ब पाउण्डभन्दा बढी वृद्धि गर्ने भएको छ। यो ३० वर्षयताकै ठूलो सैन्य बजेट हुनेछ ।
उक्त रकम अन्तरिक्ष तथा साइबर सुरक्षा परियोजनामा लगानी गरिने र यसबाट थप ४० हजार रोजगार सिर्जना हुने बेलायत सरकारले जनाएको छ।
रक्षा मन्त्रालयको वार्षिक बजेट ४० अर्ब छ। अब ४ वर्षका लागि १६.५ अर्ब पाउण्ड वृद्धि गर्न लागिएको हो। यसअनुसार अब वार्षिक बजेटमा ४ अर्बभन्दा बढी थप हुनेछ । कन्जर्भेटिभ पार्टीको सन् २०१९ को चुनावी घोषणापत्रमा पनि रक्षा बजेटमा वृद्धि गर्ने उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।