• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

रुसमा पुटिन र परिवारमाथि आजीवन मुद्दा लगाउन नपाइने विधेयक पारित

64x64
नेपाल लाइभ बुधबार, मंसिर ३, २०७७  १४:०७
1140x725

एजेन्सी–रुसको तल्लो सदन डूमाले राष्ट्रपति भ्लादिमीर पुटिन र उनका परिवारमाथि अवकाशपछि पनि कुनै पनि आपराधिक अभियोगमा मुद्दा चलाउन नपाइने कानुनी व्यवस्थासहितको विधेयक पारित गरेको छ। 

गत जुलाईमा भएको जनमत संग्रहले संविधान संशोधनका लागि सहमति दिएपछि यो विधेयक ल्याइएको हो। पुटिनको दुवै सदनमा बहुमत छ ।

पुटिनको कार्यकाल २०२४ मा सकिँदैछ। तर अहिले भइरहेको संवैधानिक संशोधनले पुटिनलाई फेरि दुई कार्यकाल अर्थात् १२ वर्षसम्म राष्ट्रपति पदमा रहन दिने छ । यो विधेयक आएपछि पुटिनको राजनीतिक भविष्यका बारेमा फेरि एक पटक बहस सुरु भएको छ। सन् २००० मा पुटिन रुसी सत्ताको शीर्षस्थानमा पुगेका थिए। यो अवधिमा उनले भरपुर शक्तिको प्रयोग गरेका छन् । पुटिनका आलोचक एलेक्सी नवेलनीले सामाजिक सञ्जाल ट्वीटरमा कडा टिप्पणी गरेका छन् । उनले पुटिनका लागि अहिले नै यो विधेयकको आवश्यकता किन पर्‍यो भनि प्रश्न उठाएका छन् । नवेलनीले अर्को एक प्रश्न पनि सोधेका छन्–‘के तानाशाहले मन लागेपछि मात्र पद छाड्ने हो?’ 

Ncell 2
Ncell 2

डूमामा यो विधेयक तीन पटक ल्याउनु पर्ने छ। मंगलबार पहिलो पटक यसलाई पारित गरिएको छ। सदनमा पुटिन सर्मथक पार्टी युनाइटेड रसिया पार्टीको बहुमत छ। यो विधेयकको विरुद्धमा ३७ वामपन्थी सांसदले भोट हालेका थिए । यसबाहेक यो विधेयकलाई दोस्रो पटक पढिनेछ । त्यसपछि विधेयक फेडरेसन काउन्सिल अर्थात माथिल्लो सदनमा पेश हुने छ।  त्यहाँबाट पारित भएपछि यो विधेयकमा राष्ट्रपति पुटिनले प्रमाणीकरण गर्ने   छन् । 

के छ यो विधेयकमा ?
यो नयाँ विधेयकका अनुसार प्रहरीले पूर्वराष्ट्रपति र उनका परिवारलाई कुनै पनि प्रकारको सोधपुछ गर्न र बयान लिन पाउने छैन। उनीहरुलाई प्रहरी अनुसन्धानको दायराबाहिर राख्नुपर्नेछ। त्यस्तै उनीहरुको सम्पत्ति पनि जफत गर्न सकिने छैन। 

असाधारण परिस्थितिमा गरिएको कुनै ठूलो अपराध वा कथित राजद्रोह  छोडेर आफ्नो जीवनभर पूर्वराष्ट्रपति वा उनको परिवारका सदस्यमाथि कुनै आपराधिक मुद्दा लगाउन सकिने छैन । अहिले जिवित पुर्व राष्ट्रपतिमा दमित्री मेदवेदेवमात्र छन् । उनी अहिले पुटिनको सहयोगीको रुपमा रहेका छन् ।  विधेयकका मस्यौदाकार मध्येका एक सांसद पावेल क्रिशनिकोभले यो विधेयकको बचाउ गरेका छन्। ‘यो विधेयकको उद्देश्य राष्ट्र र समाजको स्थिरतामा काम गर्ने राष्ट्रपतिको रक्षा गर्नु रहेको उनको भनाइ छ। 

यो जुलाईमा संवैधानिक परिर्वतनका लागि नयाँ जनमत संग्रह गरिएको थियो । यसअनुसार पुटिन २०२४ पछिका दुई कार्यकाल पदमा रहन पाउनेछन्। अर्थात् २०३६सम्म पुटिनले रुसको नेतृत्व गर्ने छन् । विपक्षी दल यो जनमत संग्रहको विपक्षमा उभिँदै आएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची !
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी
सम्बन्धित सामग्री
चीनसँगको व्यापार सम्झौतापछि क्यानडामाथि उच्च आयात शुल्क लगाउने ट्रम्पको चेतावनी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले क्यानडालाई चीनका वस्तुहरू संयुक्त राज्य अमेरिकामा... आइतबार, माघ ११, २०८२
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी क्यानडाले हालै चीनसँग गरेको कृषि तथा विद्युतीय सवारी साधनसम्बन्धी व्यापार सम्झौताको प्रतिक्रियास्वरुप ट्रम्पले यस्तो कडा कदम चाल्ने... आइतबार, माघ ११, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु यो घटना जिल्लाको पाहाडी क्षेत्रमा भएको हो, जहाँ भारी हिमपातका कारण हिमपहिरो आउदा १० जनाको परिवारलाई हिउँ र भग्नावशेषमुनि पारेको उद्ध... शनिबार, माघ १०, २०८२
ताजा समाचारसबै
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
सुदूरपश्चिममा एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्