एजेन्सी- पृथ्वीबाट सोमबार उडेका चार अन्तरिक्षयात्रीहरू ‘इन्टरनेसनल स्पेस स्टेसन (आइएसएस)’ पुगेका छन्। उनीहरू चढेको स्पेसएक्स ड्र्यागन क्याप्स्यूल उक्त केन्द्रको अग्रभागसँग चरणबद्ध रूपमा जोडिएको थियो।
अन्तरिक्ष यात्रामा रहेकाहरुमा माइक हप्किन्स, श्यानन वाकर, भिक्टर ग्लोभर र सोइची नोगुची छन्। उनीहरु अबको ६ महिना अन्तरिक्षमै बस्ने बताइएको छ।
आइएसएसमा पहिला नै तीन अन्तरिक्षयात्रीहरू केट र्युबिन्स, सेर्गेइ रिजिकोभ र सेर्गेइ कुड-स्वेर्च्कोभ थिए। अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सात व्यक्ति त्यहाँ हुँदा सूक्ष्मगुरुत्व विज्ञानको काम तीनगुना बढी गर्न सकिन्छ।
आइएसएस पृथ्वीबाट ४१० किलोमिटरमाथि अन्तरिक्षमा छ। दुवैकाे ढाेका खुल्न केही समय लाग्नेछ। त्यसपछि उनीहरूलाई त्यहाँ स्वागत गरिनेछ अनि उनीहरूले पृथ्वीमा सञ्चारमाध्यमसँग कुराकानी गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।