एजेन्सी–अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन परिणाम अस्वीकार गर्दा कोरोना भाइरस खोपको तीव्र वितरणलाई असर पर्न सक्ने बताएका छन्।
डेलाबरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘सत्ता परिवर्तनको प्रक्रियामा सहयोग भएन भने थप धेरै मानिस मर्न सक्छन्।’
ट्रम्पले राष्ट्रपति निर्वाचनमा भएको पराजयको वास्तविकता स्वीकार नगरेको सन्र्दभमा बाइडेनले उक्त टिप्पणी गरेका हुन्।
ट्रम्पद्वारा नियुक्त सामान्य प्रशासन सेवाका प्रशासकले संक्रणकालीन प्रक्रिया सुरु गर्न अस्वीकार गरेका छन्। यस प्रक्रिया अन्तर्गत बाइडेनको टिमलाई बजेट, गुप्तचरी सेवा र संघीय निकायमा पहुँच दिने काम गरिन्छ ।
बाइडेनले राष्ट्रपति संलग्न हुने हो भने संक्रमणकालीन प्रक्रिया सजिलो हुने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।