ब्रसेल्स- बेलायतले यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमनपछिको सम्बन्धका लागि गरिने सम्झौता आधार परिवर्तन नहुने इयूका लागि बेलायतका प्रमुख वार्ताकार ड्याभिड फ्रस्टले बताए।
‘हामीले सम्झौताका लागि निरन्तर वार्ता गरिरहेका छौं। सम्झौताका लागि बेलायतको सार्वभौमसत्ता र हाम्रा कानुन, व्यापार र हाम्रो पानी (समूद्र) को अधिकार विपरीत हसने गरी सम्झौता सम्भव नहुने र यो मैले निरन्तर बताउँदै आएको छु। यसमा परिवर्तन हुन सम्भव छैन।’
फ्रस्टले आफू र आफ्नो इयू समकक्षी मिसेल बार्नियरबीच बेलायती समयअनुासार आइतबार नै अपरान्ह छलफल भएको समेत बताए।
उनले भने, ‘आगामी केही दिन सम्झौताका आधार निर्माणका लागि वार्ता गर्ने प्रसङ्ग महत्वपूर्ण भयो। वर्षको अन्त्यसम्म ब्रेक्जिट सम्झौतापछिको सङ्क्रमणकालीन अवस्था सकिने हुँदा यसैबीच सहमति निर्माण हुनु जरूरी छ।
उनले सम्झौताका लागि केही प्रगति भएको छ। महत्वपूर्ण विषयहरू अझै टुङ्गोमा पुग्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।