वासिंटन डिसी- अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि भएको राष्ट्रपतीय निर्वाचन हारेका डोनाल्ड ट्रम्पले आफूविरुद्धका उम्मेदवार जो बाइडेनले धाँधली गरेकाले चुनाव जितेको बताएका छन्। आइतबार ट्विट गर्दै ट्रम्पले धाँधली गरेकै कारण बाइडेनले चुनाव जितको दाबी गरेका हुन्।
डिसेम्बर ३ मा भएको निर्वाचनमा आफू पराजित भए पनि ट्रम्पले यसअघि हार स्वीकार गरेका थिएनन्। तर यसपटक पनि बाइडेनको जितलाई आंशिक रूपमा स्वीकार गरेका ट्रम्पले निर्वाचन निष्पक्ष नभएको भने बताउन छोडेका छैनन्।
निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै उनले कानुनी प्रक्रिया सुरु गरेका पनि थिए। तर उनको त्यो प्रयास सफल भने हुन सकेको छैन।
शुक्रबार मात्रै निर्वाचन अधिकारीहरूले हालसम्मकै सर्वाधिक सुरक्षित चुनाव भएको बताएका थिए। शुक्रबारै फक्स न्युजसँग कुराकानी गर्दै ह्वाइटहाउसका प्रवक्ताले ट्रम्पको दोस्रो कार्यकाल पनि हुने दाबी गरेका थिए। सोही दिन ट्रम्पले भविष्यमा को शक्तिमा पुग्छ भन्नेबारे कसैलाई पत्तो नभएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।