काठमाडौं- भारतको विहार राज्यमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए)को विधायक दलको नेतामा नीतिश कुमार चयन भएका छन्। आइतबार भएको एनडिएको बैठकले कुमारलाई सर्वसम्मत रूपमा विधायक दलको नेता चुनेको हो।
विधायक दलको नेतामा चुनिएका कुमारले लगत्तै विहारका राज्यपालसँग पनि भेटघाट गरेका छन्। उनका अनुसार सोमबार दिउँसो साढे ४ बजे सपथ ग्रहण समारोह आयोजना गरिनेछ।
'एनडिए विधायक दलले मलाई फेरि एक पटक विधायक दलको नेतामा चयन गरेको छ। यसको पत्र मैले राज्यपाललाई दिएको छु। राज्यपालले पत्र बुझ्दै मुख्यमन्त्रीमा मनोनित गर्ने तयारी गरेका छन्। सोमबार सपथ ग्रहण पनि हुन्छ। तर कोको मन्त्री बन्दैछन् भन्ने चाहिँ अहिलेसम्म टुंगिएको छैन। अब यो विषयमा छलफल हुन्छ,' राज्यपालसँगको भेटपछि बाहिरिने क्रममा नीतिशकुमारले पत्रकारहरूसँग भनेका छन्।
योसँगै नीतिशकुमार सातौँ पटक विहारको मुख्यमन्त्री बन्नेछन्। तर उपमुख्यमन्त्रीका विषयमा भने टुंगोमा पुग्न सकिएको छैन।
कुल २४३ सिट भएको विहार विधान सभामा एनडिएले १२५ सिट जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।