नयाँ दिल्ली- पराल जलाउँदा र पटकाबाट निस्कने धुवाँका कारण भारतकाे राजभानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण भएको छ। दिल्लीमा दिपावलीकाे अवसरमा पटाकाकाे बिक्री र पड्काउन निषेध गरिएकाे थियाे।
तर शनिबार राति यसकाे उल्लंघन गर्दै ठुलाे मात्रामा पटका जलाइएकाे थियाे। दिल्लीको आन्नदविहार, आईजीआई एयरपोर्ट छेउछाउकाे क्षेत्र आइटीओ र लाेधी राेड क्षेत्रमा एयर क्वालिटी इन्डेक्स खराव स्तरमा पुगेकाे छ।
दिल्ली प्रदुषण नियन्त्रण समितिका अनुसार शनिबार रात १ बजे आनन्द विहारमा वायु २.५ पार्टिकलकाे मात्रा ४८१ मापन भएकाे थियाे। विमानस्थल क्षेत्रमा २.५ स्तरमा ४४४ पाइएको थियो। अन्य क्षेत्रमा पनि यहीस्तरमा उच्च वायु प्रदुषण मापन भएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।