एजेन्सी–अमेरिकाको राष्ट्रपति निर्वाचनमा जो बाइडेन एरिजोनामा पनि विजयी भएका छन्। एरिजोनामा ११ इलेक्टोरल मत छन्। यहाँ बाइडेनले ११ हजार मतको अन्तरले ट्रम्पलाई पराजित गरेका हुन्।
सन् १९९६ यता एरिजोनामा रिपब्लिकनले जित्दै आएको थियो। २०१६ को निर्वाचनमा यहाँबाट ट्रम्प भारी मतका साथी विजयी भएका थिए। योसँगै बाइडेनको २९० इलेक्टोरल मत भएको छ भने ट्रम्पको २१७ मत भएको छ।
२७० इलेक्टोरल मत कटाएसँगै जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेका छन्।
राष्ट्रिय स्तरमा बाइडेन ट्रम्पभन्दा करिब ५ करोड ३० लाख मतभन्दा अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।