एजेन्सी–राष्ट्रपति चुनावमा पराजयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक सार्वजनिक रुपमा सम्बोधन गरेका छन्। उनको सम्बोधन कोरोना भाइरसको संक्रमण र खोपको उपलब्धतामाथि मुख्य रुपमा केन्द्रित थियो।
ट्रम्पले पुनः एक पटक कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनी टिप्पणी गरे। यसका साथै उनले आफ्नो प्रशासनले अमेरिकामा लकडाउन नगर्ने पनि स्पष्ट पारे।
चुनावी परिणामका विषयमा भने उनले देशमा कुन प्रशासन हुनेछ भनेर भविष्यले नै बताउने बताए। ‘मेरो अनुमानमा समयले नै बताउनेछ,’ उनले भने।
मतगणनामा धाँधली भएको दाबी गर्दै आएको उनले केही राज्यको परिणामलाई कानुनी चुनौती दिने बताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।